Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्यमन्त्री पौडेलको आह्वान - संक्रामक रोग फैलन नदिन सबै मिलेर काम गरौं

स्वास्थ्यमन्त्री पौडेलको आह्वान - संक्रामक रोग फैलन नदिन सबै मिलेर काम गरौं

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी पहिरोजस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता अपनाउनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

बुधबार मन्त्रालयमा मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले बाढी पहिरोपछि पानीका स्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह पनि गरे।

विपद्का समयमा स्वास्थ्यकर्मीहरूले पुर्‍याएको योगदानको उनले प्रसंसा गरे। मन्त्री पौडेलले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरूसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077