Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

त्रिदेशीय टी–२० सिरिजमा नेपालसँग ओमान ५६ रनले पराजित

त्रिदेशीय टी–२० सिरिजमा नेपालसँग ओमान ५६ रनले पराजित

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले पराजित भएको हो ।

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १ सय १ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले सर्वाधिक ३५ रन बनाए ।

नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

नेपालको जीतमा कप्तान रोहित पौडेलले ५६ रनको अविजित अर्धशतकीय इनिङ खेले । ओमानका फयाज बटले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077