Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी महिला टी-२० विश्वकप आजदेखि

आईसीसी महिला टी-२० विश्वकप आजदेखि

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप आजदेखि सुरु हुँदैछ । कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ।​

बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको हो।​

बंगलादेशमा ठुलो राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय क्रिकेट परिसद् आईसीसीले बंगलादेशमा आयोजना हुने तालिका रहेको महिला टी-२० विश्वकप अन्यत्र सारेको हो।

प्रतियोगिताको समूह ए मा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलंका छन्। समूह बी मा बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077