Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एभरेस्ट महिला भलिबल लिग : काठमाडौंले मधेश युनाइटेडलाई हरायो

एभरेस्ट महिला भलिबल लिग : काठमाडौंले मधेश युनाइटेडलाई हरायो

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा काठमाडौंले मधेशलाई ३–१ को सेटमा पराजित गरेको हो ।

मधेशले पहिलो सेट २५–१५ ले जिते पनि काठमाडौंले त्यसपछि लगातार ३ वटा सेट जित्यो । काठमाडौंले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१५ र चौथो २५–१८ ले जित्यो ।

योसँगै काठमाडौंले ४ खेलमा ३ वटा जितेको छ । मधेशले भने लगातार चौथो खेल हारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077