Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाढीपहिरोका घाइते १०८ जनाको गरियो शल्यक्रिया

बाढीपहिरोका घाइते १०८ जनाको गरियो शल्यक्रिया

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । हालैको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक सय आठ जनाको शल्यक्रियाबाट उपचार गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शल्यक्रिया गरिएकामध्ये ३५ जनाको उपचार भइसकेको र ७३ जना डिस्चार्ज हुने क्रममा रहेका छन् ।

घाइतेमध्ये पाँच सय ६२ जनाको बहिरंग विभागमा उपचार गरिएको र एक सय आठजनालाई भर्ना गरी शल्यक्रिया नै गर्नु परेको मन्त्रालयले जनाएको छ।

बाढीपहिरोका सबै घाइतेको उपचार निःशुल्क भइरहेको मन्त्रालयले जनाएको छ। बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारजनप्रति मन्त्रालयले समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077