Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एभरेष्ट महिला भलिबल : आज ललितपुर र कर्णाली उपाधिका लागि भिड्ने

एभरेष्ट महिला भलिबल : आज ललितपुर र कर्णाली उपाधिका लागि भिड्ने

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको उपाधिका लागि आज ललितपुर क्विन्स र कर्णाली यश्विस भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद, राखेपको कभर्ड हलमा अपराह्न साढे ५ बजे खेल शुरु हुनेछ । कर्णाली अपराजित यात्रामा छ। उसले लिग चरणका सबै पाँचवटा खेलमा जित निकालेर १३ अंक जोडेको छ।

उसको प्रतिद्वन्द्वी ललितपुर क्विन्सले भने पाँचमध्ये ३ खेलमा जित निकालेर १० अंक जोडेको छ ।

समान तीन खेलमा जित निकालेको काठमाडौं स्पाइकर्सलाई एक अंकले पछि पार्दै ललितपुरले फाइनल भिडन्त पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077