Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनी लायन्सको कन्सल्टेन्ट कोचमा शक्ति गौचन नियुक्त

लुम्बिनी लायन्सको कन्सल्टेन्ट कोचमा शक्ति गौचन नियुक्त

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा नेपाली क्रिकेटका पूर्वस्पिन अलराउन्डर शक्ति गौचन नियुक्त भएका छन् ।

लुम्बिनीका मालिक ईश्वर जिसी र शक्ति गौचनबीच शनिबार एक सम्झौता भएको हो । शक्ति २०१८ मा सन्यास लिएपछि भैरहवामा आफ्नो स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षणमा व्यस्त छन् ।

कुशल मल्ल र सुशान भारी शक्तिले नै उत्पादन गरेका खेलाडी हुन् । शक्तिले २०२१ को एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजमा बलिङ प्रशिक्षकको रुपमा काम गरेका थिए ।

लुम्बिनीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077