Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एयरहोस्टेजको उमेर हद बढाएर ५० वर्ष पुर्‍याउन पर्यटनमन्त्री पाण्डेको निर्देशन

एयरहोस्टेजको उमेर हद बढाएर ५० वर्ष पुर्‍याउन पर्यटनमन्त्री पाण्डेको निर्देशन

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । उमेर हदको विषयलाई लिएर आन्दोलन गर्दै आएका नेपाल एयरलाइन्सका एयर होस्टेजहरु काममा फर्किएका छन् ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा उमेर हद ५० वर्ष पुर्‍याउन मन्त्रालय सहमत भएपछि उनीहरू आन्दोलन स्थगित गरेका हुन् ।

शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनतर क्याबिन क्रु सदस्यहरुसँग छलफल गरेका थिए ।

छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिए ।

क्याबिन क्रुहरुले आफूहरुमाथि भेदभाव भएको, आफूहरुलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाई नभएको विषय राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको पर्यटनमन्त्री पाण्डेले बताए।

उनले नेपालका सन्दर्भमा अहिले औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेर हद ५० वर्ष पुर्‍याउँदा फाइदा हुने पनि बताए।

निगममा कार्यरत परिचारिकाहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी गत पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दा अहिले विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077