Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

बाढीपहिरो प्रभावितहरुलाई तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउँछौं : गृहमन्त्री लेखक

बाढीपहिरो प्रभावितहरुलाई तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउँछौं : गृहमन्त्री लेखक

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरो प्रभावित जिल्लाका स्थिानिय तहहरूलाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन आग्रह गरेका छन्।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सो आग्रह गरेका हुन् । उनले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउनसक्ने बताए।

गृहमन्त्री लेखकले विपद्‍मा ठूलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रूपले ध्यानाकर्षण भएको बताए।

मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेको गृहमन्त्री लेखकले बताए ।

घाइतेहरूको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको उनले बताए। बाढी पहिरो प्रभावित पालिकाहरूलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकाले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077