Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

बल्खुमा बाढी पीडितलाई खाद्यान्न वितरण कार्यक्रममा बोल्दै नेता खनालले प्रधानमन्त्रीको राजिनामा माग गरेमा हुन् ।

उनले सरकारले प्राकृतिक विपतिको तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए।

नेता खनालले अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुल्ला गनुपर्ने बताए।

अहिलेको सरकार पूर्णरूपमा फेला भएकाले विपक्षीमा रहेका दलहरू अघि बढेर काम गर्नुपर्ने नेता खनालको भनाई छ।

नेता खनालले मौसमविद्हरूले ठूलो वर्षा हुनसक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढंगले गर्न नसक्दा ठूलो धनजनको क्षति भएको भएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077