Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रविको कार्यक्रम विथोल्न कांग्रेस–एमाले संलग्न भएको रास्वपाको दाबी

रविको कार्यक्रम विथोल्न कांग्रेस–एमाले संलग्न भएको रास्वपाको दाबी

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोरोले सभापति रवि लामिछानेको कार्यक्रम बिथोल्न नेपाली कांग्रेस र नेकपा एमाले संलग्न भएको आरोप लगाएका छन् ।

उनले शनिबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । लामिछानेले शनिबार चितवनमा ‘चितवनवासीसँग भेटघाट’ कार्यक्रम आयोजना गरेका थिए ।

सहकारी पीडितको नाममा भन्दै उक्त कार्यक्रममा प्रदर्शन भएपछि बिथोलिएको थियो । रास्वपा केन्द्रीय सदस्य बोहोरोले दुवै पार्टीका स्थानीय कायकर्ता कार्यक्रम बिथोल्न लागेको दाबी गरे ।

‘रास्वपा सभापति एवं चितवन–२ का सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट’कार्यक्रम विथोल्न खोजिएको छ। कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको पाइएको छ,’ उनले लेखेका छन् ।

उनले कार्यक्रममा ढुंगा प्रहार गर्नेमध्ये कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारी र एमाले निकट अनेरास्विवयुका हरि आचार्य पक्राउ परेको र उनीहरुलाई छुटाउन कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल प्रहरी कार्यालय पुगेको भन्दै तस्बिर समेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077