Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

राजेन्द्र लिङ्देन भन्छन् - कांग्रेस, एमाले र माओवादीको सत्ता स्वार्थले मुलुक बिग्रियो

राजेन्द्र लिङ्देन भन्छन् - कांग्रेस, एमाले र माओवादीको सत्ता स्वार्थले मुलुक बिग्रियो

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको आरोप लगाएका छन् ।

झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।

उनले केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठुला दलका नेताहरूले देशलाई बिगारेको दाबी गरे ।

ठुलो दलहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको उनको भनाई छ ।

उनले राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा दश वर्ष भित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077