Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किए

पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किए

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् ।

चारदिने भुटान भ्रमण सकेर उनी आज बिहान स्वदेश फिर्ता भएका हुन् ।

भुटानी राजाको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटानको औपचारिक भ्रमणमा गएका थिए । भुटान सरकारले पूर्वराजालाई विशेष स्वागत सत्कार गरेको थियो ।

पूर्वराजा शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग शनिबार भेटवार्ता गरेका थिए ।

भुटानी राजाले नेपालका पूर्वराजालाई न्यानो अंकमालसहित स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077