Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भन्छन् - रवि लामिछानेलाई मैले क्लीन चिट दिएको छैन

माओवादी अध्यक्ष प्रचण्डले भन्छन् - रवि लामिछानेलाई मैले क्लीन चिट दिएको छैन

आइतवार , आश्विन २०, २०८१

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रवि लामिछानेलाई आफुले क्लीन चिट नदिएको बताएका छन् ।

आज चितवन आइपुगेका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लामिछानेलाई क्लीन चिट नदिएको बताएका हुन् ।

लामिछानेले सहकारी ठगी गरेको प्रमाण आफुले नपाएको अध्यक्ष प्रचण्डले बताए ।

आफू प्रधानमन्त्री हुँदा रोष्टमबाट तत्कालीन गृहमन्त्री लामिछानेबारे जवाफ दिन अनुसन्धान गर्ने निकायमा केही प्रमाण छ भने दिनुस् भनेर सोध्दा तीनवटै सुरक्षा निकाय र पोखरा प्रहरीले प्रमाण नभएको बताएको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय कार्यदलले पनि लामिछानेलाई दोषी देखाएको छैन ।’

अध्यक्ष प्रचण्डले आफूले संसदको रोष्टमबाट लामिछानेलाई गलत ढंगले क्लीन चीट दिएको नभई प्रमाण नभएको कुरा बताएको दाबी गरे ।

अध्यक्ष प्रचण्डले गोरखा मिडिया नेटवर्कसम्बन्धी केही चिज छ भनिएको, यद्यपि पोखराको अदालतले समेत रविलाई समाउन दोषी नभएको भनेको आफूले सुनेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077