Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तिथि वृद्धि भएपछि आज पनि चौथीकै कृत्य, कुष्माण्डा देवीकै पूजा गरिँदै

तिथि वृद्धि भएपछि आज पनि चौथीकै कृत्य, कुष्माण्डा देवीकै पूजा गरिँदै

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गरिँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ६ः १६ बजेसम्म चौथी तिथि रहेको हो । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए ।

आइतवार पनि सूर्योदयकालमा चौथी तिथि थियो। आइतवार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो ।

पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ। नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलवार गर्नुपर्छ।

यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ। असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077