Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी हवल्दार र सहायक हवल्दारको रगतले जोगियो सुत्केरी हरिकलाको ज्यान

प्रहरी हवल्दार र सहायक हवल्दारको रगतले जोगियो सुत्केरी हरिकलाको ज्यान

सोमवार , आश्विन २१, २०८१

अछाम । अछाममा अत्याधिक रक्तश्राव भएकी सुत्केरी महिलालाई दुई प्रहरीले रगत दिएका छन् ।

जिल्लाको तुर्माखाँद गाउँपालिका-५ निवासी दीपक बिककी श्रीमती, ३१ वर्षीया हरिकला बिकलाई प्रहरी हवल्दार भुपेन्द्र धामी र प्रहरी सहायक हवल्दार गणेश बलायरले रगत दान गरेका हुन् ।

उनी असोज १५ गते प्रसूति भएपश्चात अत्याधिक रक्तश्रावको शिकार भएकी थिइन् । अहिले जिल्ला अस्पताल मंगलसेनमा उपचाररत छिन् ।

अत्याधिक रक्तश्रावका कारण जटिल अवस्थामा पुगेकी हरिकलालाई उपचारका लागि रक्तको आवश्यकता परेपछि जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत प्रहरी हवल्दार धामी र सहायक हवल्दार बलायरले सोमबार रक्तदान गरेको बताइएको छ ।

प्रहरी हवल्दार धामी र सहायक हवल्दार बलायरको सहयोगले बिरामी हरिकलाको उपचारमा ठूलो सहयोग पुगेको छ । यसअघि पनि जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डीएसपी ईश्वरी प्रसाद भण्डारीले पनि रक्तश्राव भएकी महिलाका लागि रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077