Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो आफ्नो बोर्ड, नगर प्रहरी र मारवाडीबीच घम्साघम्सी

गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो आफ्नो बोर्ड, नगर प्रहरी र मारवाडीबीच घम्साघम्सी

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ।

मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरपालिकाले आफ्नो बोर्ड राखेको हो।

काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी भएको थियो ।

मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको हो ।

पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरुले प्रतिवाद गरेका थिए ।

यसअघि काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच छलफल भएको थियो । तर सहमति नजुटेपछि महानगरले गौशाला खाली गराउन खोजेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077