Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बाढीपहिरो प्रभावित क्षेत्रका लागि भारत सरकारले दियो राहत सामग्री

बाढीपहिरो प्रभावित क्षेत्रका लागि भारत सरकारले दियो राहत सामग्री

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । भारत सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका लागि राहत सामग्री सहयोग गरेको छ।

भारतले दोस्रो खेपमा अत्यावश्यक सरसफाइ सामग्री, औषधिलगायतका सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्री हस्तान्तरण गरे।

भारतीय दूतावासका अनुसार सरसफाइ सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट स्थल मार्ग हुँदै नेपालगन्ज पुर्‍याइएको हो।

राहत सामग्रीको थप खेप आगामी दिनमा आउने दूतावासले जाएको छ।

यसअघि भारत सरकारले ४.२ टनको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जसमा टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल रहेको भारतीय दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077