Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्यमन्त्री पौडेल भन्छन् - सर्पदंश उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छ

स्वास्थ्यमन्त्री पौडेल भन्छन् - सर्पदंश उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छ

बुधवार , आश्विन २३, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशको उपचार केन्द्र स्थापना गर्न भारतले सहयोग गर्ने बताएका छन् ।

बुधवार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा गरेको पत्रकार सम्मेलन उनले सो कुरा बताएका हुन् ।

उनले नेपालमा सर्पको टोकाइको उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्नेबारे भारतीय स्वास्थ्यमन्त्रीले प्रतिबद्धता जनाएको बताए ।

उनले क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्यमन्त्रीसँग आफ्नो भेट भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077