Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

यो सरकारले बिचौलियाहरुको लागि मात्र काम गर्छ : वर्षमान पुन

यो सरकारले बिचौलियाहरुको लागि मात्र काम गर्छ : वर्षमान पुन

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस–एमाले गठबन्धन सरकारले लय समात्न नसकेको बताएका छन्।

रोल्पाको राङसीमा भएको कार्यक्रममा बोल्दै उपमहासचिव पुनले गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान गठबन्धन सरकारले लय समात्न नसकेको आरोप लगाएका हुन् ।

उनले सरकार जनआकांक्षा र भावनाअनुसार नचलेको बताए।

प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्वले कांग्रेस र एमालेलाई रातारात मिलाएर केपी ओली नेतृत्वमा वर्तमान सरकार गठन गरेको उपमहासचिव पुनले आरोप लगाए।

सरकारले यो तीन महिनामा आशा जगाउने काम गर्नुको साटो बिचौलिया तत्वहरूकै स्वार्थमा काम गरेको उनले बताए।

सरकारले जनतामा आशा जगाउन नसकेको र मुलुकका निराशा बढ्दै गएको उपमहासचिव पुनको भनाइ छ।

सरकारमा रहका दलहरूलाई जनताका आकांक्षा र भावनाअनुसार काम गर्न सुझाउँदै उनले प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग गर्ने र खराब काम गर्दा विरोध गर्ने स्पष्ट गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077