Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मोरङका एसपी कार्कीलाई हटाएर ओलीका पूर्वपिएसओलाई पठाइयो

मोरङका एसपी कार्कीलाई हटाएर ओलीका पूर्वपिएसओलाई पठाइयो

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीको सरुवा भएको छ ।

उनलाई नौ महिनामा हटाएर एसपी राजन लिम्बुलाई खटाइएको छ । एसपी कार्की गत पुसमा मोरङ गएका थिए ।

नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनको सरुवा भएको थियो । राजनीतिक दबाबका आधारमा अवधि नै नपुगी उनलाई हटाइएको छ ।

६ महिनाअघि मात्र बढुवा भएका एसपी लिम्बुलाई त्यहाँ पठाइएको छ ।

लिम्बु प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077