Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

स्रोत नखुलेको साढे ८ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको साढे ८ लाखसहित एक जना पक्राउ

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाई रहेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट स्रोत नखुलेको नगद, ५ थान विभिन्न बैंकको एटीएम कार्डलगायत सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि हुण्डीसम्बन्धी कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077