Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेसँगै यी १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

रवि लामिछानेसँगै यी १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै १४ जनालाई पक्राउ गर्न अनुमति दिएको छ ।

सहकारीको रकम अपचलन मुद्दामा अनुसन्धान गर्न उनीसहित अन्य १४ जनालाई पक्राउ गर्न अनुमति दिइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार १३ जनालाई पक्राउ पुर्जी जारी गर्न अदालतलाई पत्र लेखेको थियो ।

पत्रमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताएको थियो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077