Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्व गृहमन्त्री रविविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान

पूर्व गृहमन्त्री रविविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधमा समेत अनुसन्धान गर्ने भएको छ ।

प्रहरीले अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्नका लागि पक्राउ गर्न भनिएको थियो ।

भनिएको छ, 'कृष्णप्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पूर्व अध्यक्ष एवं संचालक गितेन्द्र बाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।'

पार्टी कार्यालयमा सम्बोधन गरेलगत्तै पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077