Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्व डीआईजी छविलालविरुद्ध २० दिनको म्याद थप

पूर्व डीआईजी छविलालविरुद्ध २० दिनको म्याद थप

शुक्रवार , कार्तिक २, २०८१

पोखरा । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ ।

सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व डीआईजीसमेत रहेका छविलालविरुद्ध २० दिनको म्याद थप गरिएको हो ।

६ असोजमा पक्राउ परेका जोशीलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतले जनाएको छ ।

दसैँ बिदाका कारण १७ असोजपछि अदालत बन्द भएको थियो । जोशी भने प्रहरीको हिरासतमै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077