Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कडा सुरक्षाकाबीच रविलाई स्थलमार्गबाटै पोखरा लगियो

कडा सुरक्षाकाबीच रविलाई स्थलमार्गबाटै पोखरा लगियो

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरातर्फ लगिएको छ । सहकारी ठगी सम्बन्धमा छानबिनका लागि लामिछानेलाई प्रहरीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेको थियो ।

सो लगत्तै उनलाई गाडीबाटै पोखरा लगिएको हो । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट लगेको जनाइएको छ । प्रहरीको अगुवा र पछुवा गाडीको बीचमा रहेको गाडीमा लामिछानेलाई राखिएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

‘सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध’मा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ पुर्जी जारी भएको थियो ।

सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077