Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिजो बेलुका काठमाडौंमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो ।

लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा पुर्‍याउँदा रास्वपाका नेता तथा कार्यकर्ताले सडकमार्गका ठाउँठाउँमा र जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरसमासमेत नाराबाजी गरेका थिए ।

रास्वपा सभापति लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077