Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्व गृहमन्त्री लामिछानेलाई भोलि मात्र अदालतमा हाजिर गराइने

पूर्व गृहमन्त्री लामिछानेलाई भोलि मात्र अदालतमा हाजिर गराइने

शनिवार , कार्तिक ३, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार मात्र अदालतमा हाजिर गराइने भएको छ । स्वास्थ्य परीक्षण पछि लामिछाने सहितको टोलीलाई कास्की प्रहरीले आइतबार मात्र अदालतमा हाजिरी गराउने जनाएको हो ।

शनिवार अदालत बिदाका कारण एक दिन कास्की प्रहरीकै हिरासतमा राखिने भएको हो । लामिछानेलाई उनको पार्टी मुख्यालय काठमाडौं बनस्थलीबाट सिआइबीको टोलीले पक्राउ गरी कास्कीतर्फ लगेको थियो ।

देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जीवी मुख्य जिम्मेवार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष थियो ।

लामिछानेसँगै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार लामिछानेमाथि सहकारी ठगीसहित संगठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ। प्रहरीले उनलाई ३४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077