Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । प्रहरीले कैलाली र बाँकेबाट जुवातास खेल्ने २७ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले उनीहरूलाई जुवातास खेलिरहेकै अवस्थामा पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय कमलराज अधिकारीसमेत १२ जनालाई गएराति पक्राउ गरिएको बताइएको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६५ रूपैयाँ र एक गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका-१६ स्थित खेतमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने १५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ६१ रूपैयाँ, लङगुर बुर्जा खेलाउने गोट्टी १ सेट र ८ गड्डी तास सहित पक्राउ गरेको हो ।

उनीहरूले प्रयोग गरेको ४ थान मोटरसाइकल, १ थान स्कुटर र १२ थान मोबाइल प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077