Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

आइतवार , कार्तिक ४, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका सभापति लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको हो ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो ।

शनिबार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।

सभापति लामिछानेको मुद्दाको कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा परेको छ ।

सभापति लामिछानेलाई सुरुमा दुई अभियोगमा म्याद थपको तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077