Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

ट्राफिक नियम उल्लंघन गर्नेलाई डिजिटल चिट दिन सुरु

ट्राफिक नियम उल्लंघन गर्नेलाई डिजिटल चिट दिन सुरु

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । काठमाडौं उपत्यकामा नागरिक एपको प्रयोगमार्फत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई जरिवाना गराउने अभियान सुरू भएको छ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले नयाँ प्रणालीको उद्घाटन गरिएको हो ।

अब सवारी चालकहरूले आफ्नो लाइसेन्स नागरिक एपबाट देखाए पुग्नेछ । यसरी जारी भएको चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन पनि सकिने ट्राफिक प्रहरीले जनाएको छ।

पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा हुने भएको हो। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने उक्त क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् ।

लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ ।

यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077