Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

आइतवार , कार्तिक ४, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका सभापति लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सभापति लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गरेको थियो ।

कास्की जिल्ला अदालतकाअनुसार न्यायाधीश नवराज दाहालको इजलासले ६ दिनको अनुमति प्रदान गरेको हो ।

प्रहरीले गत शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।

शुक्रबार राति स्थलमार्ग हुँदै शनिबार बिहान लामिछानेलाई जिल्ला प्रहरी कास्कीको हिरासतमा राखिएको थियो ।

संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको रकम लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएकोले कारबाही सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077