Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अछाममा एमाले कार्यकर्ता आन्दोलित, रावललाई सोधिएको स्पष्टीकरण फिर्ता लिन माग

अछाममा एमाले कार्यकर्ता आन्दोलित, रावललाई सोधिएको स्पष्टीकरण फिर्ता लिन माग

सोमवार , कार्तिक ५, २०८१

अछाम । नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि अछाममा नेताकार्यकर्ता आन्दोलित भएका छन् । आइतबार बसेको एमाले सचिवालय बैठकले नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय फिर्ता लिन माग गर्दै साँफेबगरमा नेता रावल पक्षका नेताकार्यकता आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले नेता रावलको पक्षमा नाराबाजी गरेका थिए ।

उनीहरुले 'भगौडा नेता मुर्दाबाद, भीम रावलको स्पष्टिकरण फिर्ताले, प्रदेशको विज्ञप्ति खारेज गर, भीम रावल जिन्दाबाद', भन्दै नाराबाजी गरेका थिए ।

लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई आइतबारको सचिवालय बैठकले स्पष्टीकरण सोधेको थियो ।

साथै साँफेबगर नगर कमिटी तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु र जिल्ला कमिटीका सदस्यहरुको बैठकले प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीले नेता रावललाई दिएको चेतावनीको पनि खेद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077