Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संसदीय समितिका सभापति र प्रमुख सचेतकहरूसँग सभामुखले गरे छलफल

संसदीय समितिका सभापति र प्रमुख सचेतकहरूसँग सभामुखले गरे छलफल

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् ।

संघीय संसद्अन्तर्गतका समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकको बैठक सुरू भएको हो।

सभामुख घिमिरेले संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन दफावार छलफलका लागि विधेयक रहेका समिति सभापतिहरूलाई बोलाएका थिए।

दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति,अर्थ समितिमा विधेयक रहेका छन्।

बैठकमा उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077