Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुनकोशी नदीको बेलीब्रिज निर्माणमा खटिएका नेपाली सेनाका जवानलाई सम्मान

सुनकोशी नदीको बेलीब्रिज निर्माणमा खटिएका नेपाली सेनाका जवानलाई सम्मान

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका नेपाली सेनाका जवानहरूलाई सम्मान गरेका छन्।

असोज १२ को बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरि सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनले सम्मान गरेका हुन्।

मंगलबार बिपी राजमार्ग अन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको पनि बताए।

सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो ।

उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट सवारीसाधन सञ्चालन आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077