Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

भिस्तारा एयरलाइन्सको जहाजमा बम भएको सूचना आएपछि...

भिस्तारा एयरलाइन्सको जहाजमा बम भएको सूचना आएपछि...

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । त्रिभुवन विमानस्थलमा अवतरण भएको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको हल्लापछि प्रहरीले सर्च थालेको छ ।

भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको आशंका गरिएपछि विमानस्थलमा प्रहरीले सर्च थालेको हो ।

काठमाडौंस्थित त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरलाइन्सको युके १५५ उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको विमानस्थलले जनाएको छ।

दिल्लीस्थित भिस्तारा एयरलाइन्सले कसैले फोन गरेर काठमाडौं उडेको जहाजमा बम भएको बताएपछि त्यहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खबर आएको थियो।

अहिले प्रहरीले भिस्तारा एयरलाइन्सबाट आएका यात्रुहरूको सुरक्षा जाँच गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077