Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा-नयाँ शक्ति

बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा-नयाँ शक्ति

मंगलवार , कार्तिक ६, २०८१

पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५, २६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको हो ।

सभापति बाबुराम भट्टराइको नेतृत्वमा बसेको सचिवालय बैठकले महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ ।

विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ । विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो। पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077