Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

काठमाडौँ महानगरले माग्यो करारमा १०८ जना कर्मचारी

काठमाडौँ महानगरले माग्यो करारमा १०८ जना कर्मचारी

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । काठमाडौँ महानगरपालिकाले करार सेवामा ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो।

लोकसेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्त सम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077