Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केही व्यक्तिहरुबाट विश्वविद्यालय असुरक्षित भयो : शिक्षामन्त्री भट्टराई

केही व्यक्तिहरुबाट विश्वविद्यालय असुरक्षित भयो : शिक्षामन्त्री भट्टराई

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले केही व्यक्तिहरूको कारण विश्वविद्यालय असुरक्षित बनेको बताएकी छिन् ।

बिहीबार सरकार गठनको सय दिनको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

उनले विश्वविद्यालयहरू राजनीतिक दल र विद्यार्थी युनियनबाहेकको केही समूहको कारण असुरक्षित बनेको बताइन् । यस्तो अवस्थाको अन्त्य गर्न सरकारको हस्तक्षेप आवश्यक रहेको उनको भनाई छ ।

उनका अनुसार ती समूहले विश्वविद्यालय परिसरमा लगातार उपस्थित रही, प्राध्यापकहरूलाई धम्क्याउने र विश्वविद्यालयको सामान्य प्रशासनिक कामकाजलाई बाधा पुर्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077