Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जनताका समस्या समाधान गर्न सरकार तत्पर छ : उपप्रधानमन्त्री सिंह

जनताका समस्या समाधान गर्न सरकार तत्पर छ : उपप्रधानमन्त्री सिंह

सोमवार , कार्तिक १२, २०८१

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन्।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

उनले राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए ।

सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्तासमीकरण बनेको उनको भनाइ छ। मन्त्री सिंहले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसको नेतृत्वबाट जारी संघीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077