Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहमन्त्री लेखकले गरे कोरला नाकामा अध्यागमन कार्यालयको उद्घाटन

गृहमन्त्री लेखकले गरे कोरला नाकामा अध्यागमन कार्यालयको उद्घाटन

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुस्ताङको उत्तरी कोरलानाकामा अध्यागमन कार्यालय र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भवनको उद्घाटन गरेका छन् ।

गृहमन्त्री लेखकले चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलानाका नाकामा अध्यागमन कार्यालय र सशस्त्र प्रहरी बोर्डर आउट पोस्टको उद्घाटन गरेका हुन्।

गृहमन्त्री लेखकले आजै लोमान्थाङ—१ छोसेरस्थित नेचुङमा नवनिर्मित बीओपी भवनको उद्घाटन गर्ने कार्यक्रम छ।

गृहमन्त्री लेखकसहित रक्षामन्त्री मानवीर राई, मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचारीसहित काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत अध्यागमन कार्यालय र बीओपी उद्घाटन गर्न आज बिहान कोरलानाका पुगेका हुन् ।

 

गृहमन्त्री लेखकसहितको उक्त टोलीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल, प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक बशन्तबहादुर कुवर,सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान प्रमुखलगायतको टोली कोरलानाका पुगेको हो ।

सो अवसरमा गृहमन्त्री लेखकले पहिला कोरलानाकामा इमिग्रेसन कार्यालयको उद्घाटन गरे । त्यसलगत्तै उनले लोमान्थाङ—१ छोसेर नेचुङमा नवनिर्मित २ तले ५५ कोठे बीओपी भवनको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077