Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अब ठूला दलको विकल्प खोज्नुपर्ने समय आयो : राजेन्द्र लिङ्देन

अब ठूला दलको विकल्प खोज्नुपर्ने समय आयो : राजेन्द्र लिङ्देन

बुधवार , कार्तिक १४, २०८१

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलको विकल्प खोज्नु पर्ने समय आएको बताएका छ्न्।

राप्रपाको भ्रातृ संगठन प्रजातान्त्रिक युवा संगठन पश्चिम नवलपरासीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले मुलुकको आवश्यकताअनुसार सत्तामा रहेका दलले काम गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष लिङ्देनले नेकपा एमालेले आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री भएको एक सय दिन नपुग्दै व्यापारीसँग जग्गा दान लिनु पनि भ्रष्टाचार भएको दाबी गरे ।

भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा विगतदेखिनै आफूहरुले उठाउँदै आएका सवालमा राप्रपा प्रतिबद्ध रहेको बताए ।

विकास निर्माणमा तीव्रता, सनातन हिन्दुराष्ट्र र राष्ट्रियताको सवालमा राप्रपाबाहेक अरु दलको विकल्प नरहेको जनताले महसुस गरेको अध्यक्ष लिङ्देनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077