काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई थप शक्ति सम्पन्न र स्वतन्त्र बनाउनुपर्ने बताएका छन्।
सोमबार राज्य व्यवस्था समितिमा अख्तियार विधेयकका सम्बन्धमा बोल्दै सांसद गौतमले यस्तो बताएका हुन् ।
सांसद गौतमले अख्तियार राजनीतिको छायामा परेको गुनासो आइरहेको बताए ।
सांसद गौतमले भने,‘हदम्याद राख्न हुँदैन भनेर मेरो संशोधन छ । अख्तियार राजनीतिको छायामा परेको गुनासो छ । मुलुक भ्रष्टाचारमा डुबेको गुनासो छ ।’
अख्तियारलाई शक्ति सम्पन्न, निष्पक्ष र स्वतन्त्र बनाइनुपर्ने सांसद गौतमको भनाई छ । देशभर भ्रष्टाचार तल्लो तहमा पुगेको बताउँदै उनले भ्रष्टाचार संस्कार संस्कृति बनेको बताए ।