Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सांसद अधिकारी पक्राउ परेकोबारे कोशी प्रदेश सभाले निकाल्यो सूचना

सांसद अधिकारी पक्राउ परेकोबारे कोशी प्रदेश सभाले निकाल्यो सूचना

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउ परेकोबारे प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ ।

नेकपा एमाले कोशीका सांसद अधिकारीलाई प्रहरीले पक्राउ गरेको सूचना प्रदेश सभाले आज सार्वजनिक गरेको हो।

मानव तस्करी अभियोगमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो।

कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ ।

अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराइएको जानकारी प्राप्त भएको पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077