Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - संविधान संशोधनबारे छलफल हुँदैछ

प्रधानमन्त्री ओलीले भने - संविधान संशोधनबारे छलफल हुँदैछ

सोमवार , कार्तिक २६, २०८१

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधनका विषयमा दलहरुबीच छलफल भइरहेको बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने,‘दलहरुबीच छलफल जारी, संविधान संशोधन हुन्छ।’

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले देशको आर्थिक स्थिति क्रमिक रुपमा सुधार हुँदै गएको जिकिर गरे। देशमा आर्थिक स्थितिमा क्रमिक सुधार आइरहेको प्रधानमन्त्रीले बताए ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दिक्षान्त समारोहमा सहभागी बन्न ओली आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077