Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

राजनीतिक प्रतिशोध साँध्न रविलाई हिरासतमा राखियो : स्वर्णिम वाग्ले

राजनीतिक प्रतिशोध साँध्न रविलाई हिरासतमा राखियो : स्वर्णिम वाग्ले

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले राजनीतिक प्रतिशोध साँध्न पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राखिएको आरोप लगाएका छन् ।

कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग छलफल गरेपछि उपसभापति वाग्लेले यस्तो बताएका हुन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई भेट गरेका थिए ।

उपसभापति वाग्लेले भने,‘हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ । यो अभियानलाई अझै व्यापक बनाउँछौं । कुनै ठोस योजना बनाएर अन्य साथीहरुलाई पनि जोड्छौं ।’

राज्यले सभापति लामिछानेलाई प्रतिसोध साध्न हिरासतमा राखेकाले आन्दोलन जारी राख्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने उपसभापति वाग्लेले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पटक पटक म्याद थपेर हिरासतमा राखेर सरकारले अनावश्यक रूपमा दम्भ र प्रतिशोध साँधेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077