Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कुलमान लक्षित प्रधानमन्त्रीको टिप्पणी - उद्योगधन्दा बन्द गराएर मुलुकलाई टाट पल्टाउन दिन्नँ

कुलमान लक्षित प्रधानमन्त्रीको टिप्पणी - उद्योगधन्दा बन्द गराएर मुलुकलाई टाट पल्टाउन दिन्नँ

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं स् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् । सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

विद्युत प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने बताए । मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न आनाकानी गरे विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति कडा कदम चलाउने उनको संकेत छ ।

विद्युत लाइन आज पनि जोडिएन निरु भन्ने प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जोडिएन हैनरु ठिक छ त्यो हेर्दै जानुपर्छ। तर, देश बिगार्न र उद्योगधन्दा बन्द गर्न, देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन।’

उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने स्पष्ट पारे । यस्तै प्रधानमन्त्री ओलीले १ वर्ष ८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले निर्वाचन गराउने बताउँदै त्यसपछिको निर्वाचनले मुलुकको नेतृत्व चयन गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077