Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

डेडिकेटेड र ट्रंक लाइनको महसुल १५ दिनभित्र असुलउपर गर्न सरकारको निर्देशन

डेडिकेटेड र ट्रंक लाइनको महसुल १५ दिनभित्र असुलउपर गर्न सरकारको निर्देशन

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकमा सञ्चारकर्मीहरूले विद्युत आपूर्ति बन्द गरेका उद्योगहरूको लाइन जोड्ने सरकारको निर्णयमाथि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले निर्णय नमान्ने भनेका छन् भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले सो चेतावनी दिएका हुन् ।

सञ्चारमन्त्री गुरुङले सरकारले गरेका निर्णयहरूमा कर्मचारीले आफ्ना मत राख्न पाउने तर निर्णय कार्यान्वयन गर्दिन भन्नेकुरा क्षम्य नहुने बबताए ।

उनले उद्योगहरूमा विद्युत बन्द गर्दा मुलुकको औद्योगिक क्षेत्रलाई असर गरेको, रोजगारी, राजस्वमा प्रभाव परेको भन्दै सरकारले सो निर्णय लिएको स्पष्ट पारे ।

उनले सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत महसुल पनि बिलअनुसार १५ दिनभित्र बुझाउन सरकारले निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077