Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

युक्रेनद्धारा रुसी सैन्य शिविरमा अमेरिकाले दिएका लामो दूरीको क्षेप्यास्त्र प्रहार

युक्रेनद्धारा रुसी सैन्य शिविरमा अमेरिकाले दिएका लामो दूरीको क्षेप्यास्त्र प्रहार

बुधवार , मंसिर ५, २०८१

एजेन्सी । युक्रेनले रुसको ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य शिविरमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ ।

यो आक्रमण अमेरिकाले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो भएको रुसको दाबी छ ।

रुसी सैन्य मन्त्रालयका अनुसार ब्रयान्स्क क्षेत्रमा युक्रेनले ६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । युक्रेनले महिनौँदेखि अमेरिकासँग रुसमा आक्रमण गर्न लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले पाँचवटा क्षेप्यास्त्र खसालेको र छैटौँको टुक्रा भने सैन्य क्षेत्रमा खसेर आगलागी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077