Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अन्डरवर्ल्डको एजेन्ट भन्दै हुँ भन्दै असुली गर्ने डाक्टर पक्राउ

अन्डरवर्ल्डको एजेन्ट भन्दै हुँ भन्दै असुली गर्ने डाक्टर पक्राउ

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । अन्डरवर्ल्ड एजेन्ट भन्दै हुँ भन्दै असुली गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर स्थायी घर भइ ललितपुर बस्दै आएका एमबीबीएस डाक्टर आशिष दाहाल रहेका छन् ।

दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले आफूलाई अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट बताएर रकम असुली गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दाहालले ह्वाट्स एपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गर्दै थर्काउने गरेका थिए।

आफूले भनेअनुसार रकम नदिए बिहार लगायतका स्थानबाट कन्ट्याक्ट किलर भाडामा लिएर हत्या गर्ने धम्की समेत दिने गरेको अनुसन्धानबाट खुलेको छ ।

दाहालले ५० हजारदेखि २ लाख रुपैयाँसम्म माग गर्ने गरेका थिए । यो सूचना प्राप्त हुनासाथ खटिएको कार्यालयको टोलीले दाहाललाई शंखमुलबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077